प्रविधि

गुगलमा आज फुल्दैछ फूल

न्युयोर्क- सर्च इन्जिन गुगलले आज आफ्नो लोगोमा फूल फुलाइरहेको छ। विशेष अवसरमा गुगलले यस्तो किसिमको गुगल डुडलको प्रयोग गर्ने गर्छ।

आज अप्रिल २२ पृथ्वी दिवसको अवसरमा गुगलले यस्तो डुडलको प्रयोग गरेको हो।

सुरुमा यो लोगो हरियोमात्र देखिए पनि बिस्तारै फूल फुल्दै गरेको देखिन्छ। टाइम ल्याप्स भिडियो प्रयोग गरी यस्तो देखाइएको हो।

प्रकाशित: १० वैशाख २०६९ ०१:२० आइतबार