प्रविधि

फेसबुकमा ठूलो परिवर्तन गरिँदै

सन फ्रान्सिस्को, असोज ६ (एएफपी)- विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको साइट फेसबुकले चलचित्र, संगीत, समाचार र डिजिटल बुकलाई सुधारिएको प्रोफाइल पेजमा राखेर ठूलो परिवर्तन गर्ने तयारी गरेको छ।
आगामी केही हप्ताहरुभित्र यी महत्त्वपूर्ण परिवर्तनहरु फेसबुकका सदस्यहरुले पाउने बताइएको छ।

फेसबुकले बिहीबार घोषणा गरेको नयाँ किसिमको ओपनग्राफ एप्लिकेसन्सले सुधार गरिएको नयाँ टाइमलाइन प्रोफाइल पेजलाई सजाउने छ।

डिजिटल म्युजिक सर्भिस स्पटिफाइले फेसबुक प्रयोगकर्तालाई उनीहरुका साथीहरुले अहिले के गीत सुनिरहेको छ भनी देखाउने छ रियल टाइम फिड्स "टिकर"मा। त्यतिमात्र हैन, त्यही गीत आफूले पनि सुन्न सक्ने सुविधा पनि यसमा हुनेछ।

बिहीबार भएको फेसबुक डेभलपर्सको सम्मेलनमा सीइओ मार्क जुकरबर्गले आफ्नो नयाँ टाइमलाइन प्रोफाइल पेज देखाएका थिए। जसमा उनी बच्चा हुँदाका फोटोदेखि गत अप्रिलमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्दासम्मका फोटो थिए।

"एउटा सिंगो पेजमा तपाईँको जीवनको कथा भन्नु ठूलो चुनौति थियो", जुकरबर्गले भने।

प्रकाशित: ६ आश्विन २०६८ ०४:०२ शुक्रबार