प्रविधि

सामसुङले एप्पलको नक्कल गरेको अदालतको ठहर, जर्मनीमा प्रतिबन्ध

डस्सेलडर्फ, भदौ २३ (एएफपी)- अमेरिकाको एप्पल कम्पनीले कोरियन कम्पनीविरुद्धको महत्त्वपूर्ण पेटेन्ट मुद्दा जितेको छ। जर्मनीको एक अदालतले आइप्याडको नक्कल गरेको भन्दै कोरियन कम्पनीको ट्याबलेट कम्प्युटर बेच्न शुक्रबारदेखि प्रतिबन्ध लगाउने आदेश दिएको छ।  
प्रतिबन्धपछि सामसुङको ग्यालेक्सी १०.१ कम्प्युटर अब जर्मनीमा बेच्न पाइने छैन। यसअघिको फैसलामा प्रतिबन्ध युरोपभर हुने भनिए पनि उसले फैसला सच्याउँदै जर्मनीमा मात्र प्रतिबन्ध सीमित गरेको हो।

अदालतले महत्त्वपूर्ण पेटेन्ट कानुनको उल्लङ्घन गरेको ठहर गर्दै यस्तो फैसला गरेको हो।

प्रकाशित: २३ भाद्र २०६८ ०३:५५ शुक्रबार