बुधबारदेखि आउँदो सोमबारसम्म ७ सय ९९ रुपैयाँमा १ हजार एमबी डाटा प्याकेज लिँदा जेडटिईको एमएफ १९० डाटा डिभाइस दिने भएको छ। अहिलेसम्म १ हजार ९ सय ९९ रुपैयाँमा बिक्री हुँदै आएको यो डिभाइसबाट उच्चगतिको थ्रीजी इन्टरनेट चलाउन सकिन्छ।
१ हजार एमबी डाटाको शुल्क ६ सय ९९ र त्यसमा प्रयोग हुने सिमकार्डको ९९ रुपैयाँ तिर्नुपर्छ। एनसेलले १ हजार ९ सय ९९ रुपैयाँको डिभाइसलाई एक रुपैयाँमात्र लिएर ७ सय ९९ मा प्याकेजसहितको डिभाइस दिने जनाएको छ।
एनसेलको थ्रीजी डाटाकार्डबाट ३.६ एमबीको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ। 'हामीले उपभोक्ताको चाहनाअनुसार सस्तो र उपयुक्त स्किम ल्याउने क्रममा यस्तो योजना ल्याएका हौं,' एनसेलका चिफ कमर्सियल म्यानेजर अब्दुजाबरले भने। एनसेलले ५ सय, १ हजार र ५ हजार एमबीको डाटा प्याकेज ग्राहकहरुको लागि दिइरहेको छ।
प्रकाशित: १९ भाद्र २०६८ २२:५८ सोमबार