प्रविधि

जब्सको राजीनामापछि सामसुङको सेयरमूल्य बढ्यो

सउल, भदौ ८ (एएफपी)- प्रमुख कार्यकारी स्टिभ जब्सको राजीनामासँगै एप्पलका प्रतिस्पर्धी कम्पनीहरुलाई फाइदा पुग्ने संभावनालाई हेर्दै एसियाली टेक फर्महरुको सेयरमा वृद्धि भएको छ।

  दक्षिण कोरियाको सबैभन्दा ठूलो र विश्वकै दोस्रो मोबाइल फोन निर्माता सामसुङ इलेक्ट्रोनिक्सको सेयर मूल्य बिहीबार २.४ प्रतिशतले बढेको छ। त्यसैगरी तेस्रो नम्बरमा रहेको कम्पनी एलजीको सेयर पनि १.२७ प्रतिशतले बढेको छ।

विश्वको दोस्रो ठूलो कम्प्युटर मेमोरी चिपमेक हाइनिक्स सेमिकन्डक्टरको सेयर पनि ६.४६ प्रतिशले बढेको छ। उता, अमेरिकामा एप्पलको सेयर मूल्य भने ५ प्रतिशतले घटेको छ।

सेयर बजारमा संस्थागत लगानीकर्ताहरुले अत्यधिक मात्रामा लगानी गर्न थालेका छन्।

प्रकाशित: ८ भाद्र २०६८ ०१:०२ बिहीबार