प्रविधि

तीन अञ्चलका दस लाख मोबाइल सेवा अवरुद्ध

लेखनाथ (कास्की), भदौ ३०- महेन्द्रपुरस्थित टावरमा प्राविधिक समस्या उत्पन्न भएपछि गण्डकी, धवलागिरी र लुम्बिनी अञ्चलका १० लाखभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता प्रभावित भएका छन्।

अवरुद्ध सेवा सञ्चालनका लागि प्राविधिक टोली खटाइएको यहाँस्थित नेपाल टेलिकमका प्रमुख सूर्यनारायण मालाकारले बताए। रासस

प्रकाशित: २९ भाद्र २०६७ २३:४१ मंगलबार