प्रविधि

तीन दिनपछि धौलागिरीको सञ्चार सेवा सुचारु

दिलीप पौडेल, वाग्लुङ,भदौ २६- बिगत तीनदिनदेखि अबरुद्ध बनेको धौलागिरी अञ्चलको सञ्चार सेवा शनिवारबाट सुचारु भएको छ। नेपाल टेलिकमको पर्वतको पञ्चासेमा रहेको रिपिटर टावरमा खरावी आएपछि पर्वत, बाग्लुङ,म्याग्दी र मुस्ताङमा विहिवारदेखि सञ्चार अवरुद्ध बनेको थियो।

टेलिकमद्वारा वितरण गरेका प्रिपेड ,पोष्टपेड,ल्याडलाईन तथा सिडिएमए फोन सेवा बन्द हुँदा यहाँका करिव ५०हजार उपभोक्ता समस्यामा परेका थिए। ईमेल ईन्टरनेट सेवा पनि बन्द भएपछि सञ्चार माध्यमलाई समाचार प्रम्प्रेशण गर्न समेत कठिनाई भएको थियो।

नेपाल टेलिकम पर्वतबाट टावर मर्मत गर्नकोलागि प्राबिधिक टोलीले मर्मत गरेपछि सेवा सुचारु भएको हो।

प्रकाशित: २६ भाद्र २०६७ ०६:२६ शनिबार