काठमाडौं– नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।
शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो।
उनका अनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ।
प्रकाशित: ३१ असार २०७५ ०९:२२ आइतबार