प्रविधि

लमजुङमा एडिएसएल

तनहुँ, साउन ४ (नागरिक) - नेपाल टेलिकम लमजुङले जिल्लामा एडिएसएल सेवा सुरु गरेको छ। टेलिकमका लेखापाल केशव अर्यालले इन्टरनेट सेवाको गति ढिलो भएर हैरानी खेप्नुपरेका उपभोक्तालाई यो सेवा प्रभावकारी हुने बताए। एडिएसएल सेवाका लागि छुट्टै टेलिफोन लाइन जडान गर्नुनपर्ने र अरु इन्टरनेट सेवाभन्दा छिटो चल्ने टेलिकमले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०६७ २३:५६ सोमबार