कार्बन मोबाइलका कार्यकारी निर्देशक शशीन देवर्सीले मंगलबार नयाँ मोबाइल सेटको बिक्री सुरु गरेका हुन्। उनले कार्बनले अत्याधुनिक प्रविधियुक्त सेटहरू बजारमा ल्याउने क्रममा नयाँ सेट भित्र्याएको बताए। उनले एउटै सेटमा दुइटा सिडिएमए रिम लाग्ने सेट आफुहरूले ग्राहकको सुविधाका लागि बनाएको दाबी गरे।
कार्बनले बिक्री सुरु गरेको के-१२१२ मोडेलको सेटमा टच स्क्रिन, दुइवटा सिम लाग्ने, एमपी थ्री प्लेयर, एफएम रेडियो, ब्लुटुथ, ३ मेगापिक्सल क्यामेरा, ३.२ इन्च स्क्रिनलगायत विशेषता छन्।
के-३० मा क्वार्टी कि फोन, ब्लुटुथ, २ मेगापिक्सल क्यामेरा, मोसन सेन्सर, एफएम रेडियोलगायतका सुविधा छन्। केसी-४५० मोडेलमा पनि दुइटा सिडिएमए रिम चलाउन मिल्ने, ३ मेगापिक्सल क्यामेरा, एमपी थ्री प्लेयर, मोसन सेन्सर, लामो समय ब्याट्री टिक्ने जस्ता सुविधा छन्।
एलाइडले मासिक १० हजारभन्दा बढी मोबाइल सेट बिक्री गर्ने लक्ष्यका साथ कार्बनका सेट बिक्री सुरु गरेको राजभण्डारीले बताए। २६ मोडेलका कार्बन सेट बिक्री गर्ने एलाइडले थप नयाँ मोडेलहरु पनि बजारमा ल्याउने जनाएको छ।
प्रकाशित: २९ असार २०६७ १६:०८ मंगलबार