प्रविधि

स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद

इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ। नीजि देखि व्यवसायीक कलको लागि यो एप लोकप्रिय छ। पछिल्ला २/३ बर्षमा व्हाट्स एपले आफ्नो जवर्जस्त बजार विस्तार गरिरहेको छ। भिडियो कलको सुविधा दिने एपबीच तिब्र प्रतिश्पर्धा भइरहँदा नयाँ नयाँ फिचर उनीहरुले दिन थालेका छन्। यहीबीचमा स्काइपले 'लाइभ कल ट्रास्लेसनको' सुविधा ल्याएको हो।

यो नयाँ फिचर अनुसार स्काइप ट्रासलेटरले तपाईको कुराकानी रेकर्ड गर्नेछ र तपाईलाई चाहिएको भाषामा अनुवाद गर्ने छ। तर यसको लागि केही सेकेन्ड भने लाग्ने छ।

स्काइपले दुई बर्षको प्रयास पछि यो सम्भव भएको जनाएको छ। यो नयाँ फिचर अनुसार स्काइप ट्रासलेटरले तपाईको कुराकानी रेकर्ड गर्नेछ र तपाईलाई चाहिएको भाषामा अनुवाद गर्ने छ। तर यसको लागि केही सेकेन्ड भने लाग्ने छ। अहिले ९ भाषामा यो सुविधा उपलब्ध गराइएको छ। जसमा अंग्रेजी, स्पेनिश, फ्रेच, जर्मन, चाइनीज (मंन्डारियन), इटालियन, पुर्तगाली, अरबी र रशियन भाषा सामेल छन्।  

स्काइप अनुवादको सुविधा चाहिएमा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिष्ट्रर गर्नु पर्ने हुन्छ। यसको लागि स्काइप प्रिव्युको नयाँ भर्सन अपडेट गर्न भने विर्सन हुँदैन। नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डायल प्याडमा नै रहेको हुन्छ। यसमा क्लीक गरेपछि त्यहाँ भाषाको विकल्प देखाउने छ। भाषा छानेपछि सामान्य तरिकाबाट कल जारी राख्न सकिन्छ। कुराकानीको समयमा हेडसेटको प्रयोग गर्दा कलको गुणस्तर राम्रो हुनेछ।

 

प्रकाशित: ४ पुस २०७३ १०:३६ सोमबार

स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद