पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विस्फोटक अर्धशतक प्रहार गरेका छन्।
सोमबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा क्यानडाका ओपनरसमेत रहेका सम्राले मात्र २३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्। एनपीएलमा दोस्रो खेल खेलिरहेका उनले पहिलोपटक अर्धशतक प्रहार गरेका हुन्।
यस सिजन पोखरा एभेन्जर्सका लागि कुनै पनि खेलाडीले बनाएको यो पहिलो अर्धशतकसमेत हो।
सम्राले पहिलो विकेटका लागि महेअी असनसँग २७ रनको साझेदारी गरेका थिए। त्यसपछि दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग अर्धशतकीय साझेदारी गर्दै उनले पोखराको इनिङ्सलाई बलियो आधार दिएका छन्।
प्रकाशित: २३ कार्तिक २०८३ १३:३१ सोमबार