आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले इनिङ्सको सुरुवात गरेका छन्।
यसअघि कुवेतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। विश्वकप २०२६ मा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपाल आजको खेलमा विजयी सुरुवात गर्दै कुवेतसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने दाउमा छ।
प्रकाशित: २२ आश्विन २०८२ २०:४९ बुधबार