खेल

विश्वकप लिग टुः युएईविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

आईसीसी विश्कप लिग–टु अन्तर्गत नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्।  

युएईविरुद्धको जारी खेलमा दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन्। सो क्रममा उनले ४ चौका र १ छक्का समेत प्रहार गरे।  

क्रीजमा उनलाई सोमपाल कामिले साथ दिइरहेका छन्। ताजा स्थितीमा नेपालले ३५.५ ओभरमा ७ विकेटको क्षतीमा १५१ रन बनाएको छ।

प्रकाशित: १२ वैशाख २०८३ १२:१७ शनिबार