खेल

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ। 

नेपालले आज टीममा एक खेलाडी परिवर्तन गरेको छ। आज ललित राजवंशीलाई बेन्चमा राखिएको छ भने गुलशन झालाई मौका दिइएको छ। 

यसअघिको खेलमा नेपालले युएईलाई पराजित गरेको थियो भने ओमानले युएईसँग हार बेहोरेको थियो।

नेपाल आज ओमानलाई हराएर दोस्रो खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

यस्तो छ नेपालको प्लेइङ ११ः

प्रकाशित: १६ वैशाख २०८३ ०९:२३ बुधबार