खेल

विश्वकप लिग–२ः ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले ओमानको सामना गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

यसअघिको खेलमा नेपालले युएईविरुद्धका दुवै खेल जितेको थियो भने ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो। ओमानले भने युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

यसअघि वर्षाको कारण खेल रद्द हुँदा नेपाल ओमानसँग डिएलएस मेथडबाट १०२ रनले पराजित भएको थियो।

नेपाल आज ओमानलाई हराएर सिरिजमा तेस्रो खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

यस्तो छ नेपालको प्लेइङ ११ः

प्रकाशित: २२ वैशाख २०८३ ०९:१९ मंगलबार