खेल

विश्वकप लिग-२ः नेदरल्यान्ड्सविरुद्ध नेपालको कमजोर ब्याटिङ जवाफ

आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले कमजोर जवाफ फर्काएको छ।  

घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपालले अघिल्ला क्रममा तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ।  

इनिङ्सकै तेस्रो बलमा कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालका भीम सार्कीलाई १० र इशान पाण्डेलाई १६ रनमा पवेलियन फर्केका छन्।  

क्रिजमा क्याप्टेन रोहित पौडेल र आसिफ शेख छन्। २० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ७२ रन बनाएको छ।  

यसअघि डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको थियो।  

५६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै नोह क्रोएसले ७० र क्याप्टेन स्कट एडबार्ट्सले ५७ रन बनाए। नेपालले १७ रन अतिरिक्त दिएको थियो।  

नेपालका लागि करण केसीले ४, दीपेन्द्र सिंह ऐरीले २ तथा हेमन्त धामी र ललित राजवंशीले समान एक विकेट लिए।  

जारी सिरिजका यसअघिका तीनै खेलमा नेपाल पराजित भएको थियो। जारी लिग-२ को आठौं सिरिजको आफ्नो अन्तिम खेलसम्ममा नेपालले ३१ खेलबाट २४ अंकमात्र बनाएको छ। नेदरल्यान्ड ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ। 

प्रकाशित: १३ श्रावण २०८३ २०:३२ बुधबार