खेल

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालको सय रन पुरा

घरेलु मैदानमा जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालले ओमानविरुद्ध सय रन पुरा गरेको छ।

मंगलबार त्रिवि क्रीकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २३.४ ओभरमा एक विकेट गुमाएर सय रन पुरा गरेको हो।

क्रिजमा अहिले ओपनर आशिफ शेख ५३ रन र अर्जुन कुमाल ४१ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ ११:११ मंगलबार