फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका पहिलो राउण्डका खेल सकिएका छन्। पहिलो चरणमा १५ टोलीले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्दा, १८ टोलीले बराबरी खेल्दै समान १–१ अंक बाँडेका छन् । भने १५ टोली हार बेहोरेर दबाबमा परेका छन्।
पहिलो राउण्डपछि समूह ‘ए’ मा मेक्सिको र साउथ कोरिया विजयी बनेका छन् भने चेक रिपब्लिक र साउथ अफ्रिका पराजित भए।
समूह ‘डी’ मा आयोजकमध्ये एक अमेरिका र अस्ट्रेलियाले जित निकाल्दा टर्की र पराग्वेले हार बेहोरेका छन्।
समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट विजयी बनेका छन् भने इक्वेडर र कुराकाओ अंकविहीन छन्।
त्यस्तै समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा सेनेगल र इराक स्तब्ध बने।
समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अस्ट्रियाले जित निकालेका छन् भने अल्जेरिया र जोर्डन हार भोग्न बाध्य भए।
समूह ‘एल’ मा इंल्याण्ड र घानाले विययी सुरुवात गर्दा पानामा र क्रएसिया अंकविहीन बने।
उता, समूह ‘बी’(स्वीट्जरल्याण्ड, क्यानडा, कतार र बोस्निया एण्ड हर्जगोभिना), ‘जी’ (न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट) र ‘एच’(स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डे) का सबै खेल बराबरीमा सकिँदा ती समूहका सबै टोलीले समान १–१ अंक बाँडेका छन्। समूह ‘सी’ मा स्कटल्याण्ड विजयी हुँदा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् । हैटी पराजित भयो।
समूह ‘एफ’ मा स्वीडेन विजयी हुँदा जापान र नेदरल्याण्ड्सले अंक बाँडेका छन्, जबकि ट्युनिसिया हारमा परेको छ।
पहिलो चरणपछि धेरै टोलीले बलियो सुरुआत गरेका छन् भने केही दाबेदार टोली दबाबमा परेका छन्। अब दोस्रो राउण्डका खेलले नकआउट चरणतर्फको समीकरण थप स्पष्ट बनाउने छ।
प्रकाशित: ४ असार २०८३ १५:२७ बिहीबार