खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश, नेपालकाे लगातार दोस्रो हार

काठमाडौँमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत हालै सम्पन्न खेलमा नेपाललाई दुई रनले हराएसँगै नेदरल्यान्ड्स विश्वकप ग्लोबल छनोटकाे सुपर सिक्समा प्रवेश गरेकाे छ।

बिहीबार नेदरल्यान्ड्सले दिएकाे १४१ रनकाे लक्ष्य पछाएकाे नेपालले निरर्धर्ति २० ओभरमा ७ विकेट गुमाउदै १३८ रन मात्र बनायाे। नेपालका लागि रुबिना क्षेत्री सर्वाधिक ३७ रन बनाइन्।

नेपालकी ओपनर बिन्दु रावल १८ रनमा आउट भएकी थिइन्। अर्को ओपनर सम्झना खड्का १४ रनमै समेटिन्।

नेपालकी कप्तान इन्दु बर्मा ६ रनमै पेभिलियन फर्किन्। नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिंगले ३ विकेट लिइन्। नेपालकाे जारी प्रतियोगितामा याे लगातार दोस्राे हार हाे।

यसअघि बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राेजेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायाे।

नेदरल्यान्ड्सकाे लागि कप्तान बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलकाे सामना गरेकी थिइन्।

नेपालकाे लागि रुबिना क्षेत्रिले २ विकेट लिइन् भने साेमु विष्ट, पुजा महतो र रिया शर्माले समान १-१ विकेट लिए।

प्रकाशित: ८ माघ २०८२ १२:०५ बिहीबार