खेल

मध्यपूर्व हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बाब्वेका टोली भारतमै रोकिए

जारी टी-२० पुरुष विश्वकप खेल्न भारत आएका वेस्ट इन्डिज र जिम्बाब्वेका टोली मध्यपूर्व हवाई क्षेत्र बन्द हुँदा स्वदेश फर्किन पाएका छैनन्।

वेस्ट इन्डिज र जिम्बाब्वे टोलीहरूले सोमबार उनीहरू मध्य पूर्वमा जारी द्वन्द्वको बीचमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र बन्द हुँदा भारतबाट फर्कन ढिलाइ भएको जनाएका हुन्।  

भारतसँग पाँच विकेटको हारपछि वेस्ट इन्डिज सेमिफाइनलमा पुग्न असफल भएको थियो। यता, जिम्बाब्वे पनि सुपर एटका तीनवटै खेलमा हार बेहोरेपछि  विश्वकपबाट बाहिरिएको थियो।  

'जिम्बाब्वेको पुरुष टोली भारतमा सुरक्षित र राम्रो अवस्थामा छन्। टोलीको दुबई हुँदै घर फर्कने तालिका थियो', जिम्बाब्वे क्रिकेटले सामाजिक सञ्जाल पोस्टमा भनेको छ।

जारी विश्वकपको सेमिफइनलमा आयोजक राष्ट्र भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र न्यूजिल्यान्ड प्रवेश गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०८२ १२:१८ मंगलबार