नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले त्रिदेशीय वुमेन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।
उनले बिहीबार लक्ष्य उपाधि जित्ने रहेको बताइन्। ‘भारत र इरान दुवै टोली एसियन कपमा छनोट भइसकेको छ, जसले गर्दा उनीहरूको आत्मबल एकदमै बढी छ, तर हामी पनि मानसिक र शारीरिक रूपमा तयार छौँ’, साम्बा भन्छिन्, ‘हामी यहाँ उपाधिको लागि नै आएका हौँ, उपाधि जित्नेछौँ।’
नेपाली टोली भारतको शिलोङमा प्रतियोगिता खेल्न पुगेको छ। उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल इरानसँग भोलि खेल्दै छ। त्यसपछि यो प्रतियोगिता अन्तर्गत नेपालले कार्तिक १० गते भारतको सामना गर्नेछ।
प्रकाशित: ६ कार्तिक २०८२ १६:३० बिहीबार