खेल

विपिनको घातक बलिङ, पहिलो ओभरमै जनकपुरको दुई विकेट पतन

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले इनिङ्सको पहिलो ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको छ।

ओपनर आसिफ शेखलाई खाता नखोली पेभेलियन फर्काएका पोखरा एभेन्जर्सका स्पिनर विपिन खत्रीले सोही ओभरको अन्तिम बलमा शुभ कंसाकारलाई पनि आउट गरेका हुन्।

इनिङ्सको ०.६ ओभरमा विपिनले शुभ कंसाकार (४ रन) लाई बोल्ड आउट गराए। शुभले २ बलमा १ चौका प्रहार गरेका थिए।

विपिन खत्रीले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर २ विकेट लिँदै जनकपुरलाई सुरुवाती दबाबमा राखेका छन्।

अहिले २ ओभरको समाप्तिमा जनकपुरको स्कोर १३/२ रहेको छ। क्रिजमा माज सदाकत र जान निकोल लोफ्टी–इटन खेलिरहेका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १७:५८ बिहीबार