खेल

विनोदको शानदार अर्धशतक, सुदूरपश्चिम जिततर्फ अग्रसर

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्।

१४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका भण्डारीले ३८ बलमा आफ्नो ५० रन पूरा गरे।

उनले आफ्नो अर्धशतकीय इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरेका छन्।

सुरुवाती दुई विकेट सस्तैमा गुमेपछि दबाबमा आएको सुदूरपश्चिमको इनिङ्सलाई विनोदले आरिफ शेखसँग मिलेर उकासेका हुन्।

खेलको १४.२ ओभर चलिरहँदा सुदूरपश्चिम रोयल्सले २ विकेटको क्षतिमा १०३ रन बनाएको छ। क्रिजमा विनोद भण्डारी ५० रन र आरिफ शेख २४ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १४:४६ बिहीबार