खेल

वाकाेका उपाध्यक्ष नेपालमा

विश्व किक बक्सिङ महासंघ (वाकाे) का उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन्।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किक बक्सिङ डेभलपमेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन्। नासिरलाई संघका संस्थापकमध्येका एक दीपक श्रेष्ठ, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

बुधबारै सुरु भएको कोर्समा सात प्रदेश र ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक खेलाडी र निर्णायक गरी करिब २ सयको सहभागिता रहेको आयोजकले जनाएको छ। शनिबारसम्म चल्ने कोर्सको औपचारिक उद्घाटन बिहीबार हुनेछ। सेमिनार भने कालिमाटीस्थित कालिमाटी बैंक्युटमा हुनेछ।  

प्रकाशित: १९ चैत्र २०८२ ०६:४७ बिहीबार