भक्तपुरमा बिहीबारदेखि नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु भएको छ। एभरेस्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन कुल १८ वटा खेलहरू भए। प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गर्ल्स र जुनियर गर्ल्स गरी चार विधामा छन्।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २७ वटा स्कुलहरूबाट ४४ वटा टिमहरू गरी कुल ५२८ जना विद्यार्थी सहभागी हुने छन्।
फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्ड (मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो) भन्ने मूल ध्येयका साथ प्रतियोगिता भएको हो। 'सके जितिन्छ, नभए सिकिन्छ' भन्ने उद्घोषका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं २ व्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एक समारोहबिच गरे।
प्रतियोगिताका मूल प्रशिक्षकलाई प्रमुख अतिथिबाट बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो।
प्रकाशित: १८ मंसिर २०८२ १८:१८ बिहीबार



