खेल

अमेरिकाले टस जित्यो, पाकिस्तानलाई ब्याटिङको निम्तो

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज हुने समूह ‘ए’ को खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) ले टस जितेको छ।

श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा हुन लागेको प्रतियोगिताको १२ औं खेलमा अमेरिकाले टस जितेर पाकिस्तानविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्ने निर्णय गरेको हो।

अमेरिकाको यो निर्णयसँगै अब पाकिस्तानले पहिले ब्याटिङ गर्नेछ।

खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

प्रकाशित: २७ माघ २०८२ १८:५३ मंगलबार