युएस ओपन टेनिसमा पुरुष एकलतर्फ शीर्ष वरीयाताका जानिक सिनर र महिला एकलतर्फ इगा स्वातेक चौथो चरणमा प्रवेश गरेका छन्।
तेस्रो चरणको खेलमा क्यानाडाका डेनिस साभापोरालाई ३-१ को सेटमा पराजित गर्दै इटलीका सानिरले प्रि-क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। पहिलो सेट ५-७ ले गुमाएका उनले सो पछिका सेट क्रमशः ६-४, ६-३ र ६-३ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनाए।
तेस्रो वरीयाताका जर्मन अलेक्जेन्डर भेरेभले क्यानाडाका फेलिक्स औगरमाथि संघर्षपूर्ण जित निकाले। ३ घण्टा ४८ मिनेट चलेको खेलमा भेरेभले ३-१ को सेटमा जित निकाले।
पुरुष एकलतर्फका अन्य खेलमा काजकिस्तानका अलेक्जेन्डर बुब्लिक, अस्ट्रेलियाका एलेक्स डी'मिनाउर, इटलीका लोरेन्जो मुसेट्टी, एन्ड्री रुब्लेभ र स्पेनाका जाउमी मुनारले पनि चौथो चरणमा स्थान बनाएका छन् ।
महिला एकलतर्फको खेलमा अन्ना कालिन्सकायालाई ७-६ र ६-४ ले पराजित गर्दै पराजित गर्दै चौथो चरणमा पुगिन् । अमेरिकाकी कोको गौफले पोल्यान्डकी माग्दालिना फ्रेन्चलाई ६-३ र ६-१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् ।
महिला एकलतर्फका अन्य खेलमा जापानकी नाओमी ओसाका, ब्राजिलकी बेट्रिज हाद्दाद माइया, चेकरिपब्लिककी कारोलिना मुचोभा, अमेरिकाकी अमान्दा आनिसिमोभा र युक्रेनकी मार्ता कोस्टियुक पनि आआफ्नो खेलमा विजयी हुँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रकाशित: १५ भाद्र २०८२ १७:४७ आइतबार