खेल

२० वर्ष मुनिको पुरुष फुटबलको मुख्य प्रशिक्षक बने उर्जन

२० वर्ष मुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।  

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। एन्फाका महासचिव किरण राईले उनलाई पत्र हस्तानतरण गरेका हुन्।  

त्यस्तै, टोलीको सहायक प्रशिक्षको जिम्मेवारी जित बहादुर पुन र मंगल महर्जनलाई दिएको छ।  

एन्फाले उनीहरुलाई साफ यू- २० च्याम्पियनसिपको लागि नियुक्त गरेको हो। साफ यू- २० पुरुष च्याम्पियनसिप मार्च २२ मा मालदिभ्समा आयोजना हुँदैछ।

प्रकाशित: २५ पुस २०८२ १४:३७ शुक्रबार