खेल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। आइतबार उपप्रधानमन्त्री सिंहले स्टेडियम पुगेर त्यहाँ भइरहको कामको स्थलगत निरीक्षणसहित जानकारी लिएका हुन्।  

रङ्गशालामा दर्शकदीर्घातर्फको निर्माण सकिएको छ । अहिले सिट समेत जडान भइसकेको छ भने  ‘फ्लड लाइट’ जडानको कार्य धमाधम भइरहेको छ ।  

निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले  स्टेडियम निर्माणमा केही ढिलाइ भएपनि तुलनात्मक रूपमा राम्रो भएको बताए । समयमा काम नसकिँदा सम्झौताअनुसार जिरवाना तिराएर अहिले क्रिकेट मैदानको काम भइरहेको छ ।  

'यति ठुलो परियोजना यो छोटा समयमा निर्माण हुनुले गर्ने इच्छाशक्ति भयो भने नेपालमा गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,' उनले निरीक्षण पछि भने ।

प्रकाशित: २२ भाद्र २०८२ २०:४० आइतबार