खेल

यू–१९ एसिया कप : नेपालले शुक्रबार भारतसँग खेल्ने

पुरुष यू–१९ एसिया कप २०२६ यसै हप्ताबाट सुरु हुँदैछ। ओमानमा हुन लागेको खेलमा नेपालले समूह बीबाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्दैछ।

यस्तै, समूह ए मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन्।

नेपालले पहिलो खेल नोभेम्बर ६ (शुक्रबार) भारतसँग खेल्नेछ। खेल ओसीए ग्राउन्ड–१ मा नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट सुरु हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल नोभेम्बर ८ (आइतबार) मा यूएईसँग खेल्नेछ भने नोभेम्बर १० (मंगलबार) पाकिस्तानसँग खेल्नेछ। सबै खेल ओसीए ग्राउन्ड–१ मा हुनेछ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। गत संस्करणमा यू–१९ एसिया कपको उपाधी पाकिस्तानले जितेको थियो।

प्रकाशित: १७ कार्तिक २०८३ १२:०५ मंगलबार