खेल

यू–१९ एसिया कपः नेपालको निरासाजनक ब्याटिङ, श्रीलंकासँग ८२ रनमै अलआउट

यू–१९ एकदिवसीय एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले निरासाजनक ब्याटिङको प्रदर्शन गरेको छ। दुबईमा शनिबार चलिरहेको श्रीलंकाविरुद्ध नेपाली टोली २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटिएको छ।  

नेपाली टोलीलाई सस्तैमा रोक्ने क्रममा श्रीलंकाका सेठमिका सेनेभिरत्नेले ५ विकेट लिए। यस्तै रसिथ निम्सारा, विग्नेश्वर आकाश, दुलनिथ सिगेरा र चमिका हीनाटिगालाले एक–एक विकेट लिए।

नेपालका लागि सिब्रिन श्रेष्ठले १८, साहिल पटेलले १२ र निरजकुमार यादवले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक पनि जोड्न सकेनन्।  

यो एसिया कपमा एसियाका ८ टिम सहभागी छन्। नेपाल समूह ‘बि’मा छ। जहाँ श्रीलंका, अफगानिस्तान, बाङ्ग्लादेश पनि सामेल छन्।  

प्रकाशित: २७ मंसिर २०८२ १३:४७ शनिबार