खेल

टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न

हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ।

५० किलाेमिटर र १२ किलाेमिटर विभिन्न देशका १७६ धावकमा प्रतिस्पर्धा  गरेका थिए। ५० किमिमा हङकङ चीनका च्याम्पिएन चेज हङ पहिलाे,  नेपालका सन्तोष तामाङ दोस्रो र बेलायतका तमी युङ तेस्राे भएका थिए।

यसै गरी ५० किमि महिलामा बेलायतकी प्रथम हङ क्यु किमी प्रथम , हङकङ चिनकी पाक ई मङ दोस्रो र भारतकी जुलीयामित लेप्चा तेस्रो भइन्।

१२ किमिमा बेलायतका म्याथ्थु क्यारी पहिलो हङकङका यू जेस्पर याम दोस्रो तथा फ्रान्सका जर्म डी क्यालेरन्स  तेस्रो भए। महिलातर्फ हङकङ चीनकी सीउ साङ सान लाउ पहिलो भइन् भने फिलिपिन्सकी इलाने एप्सटोल दोस्रो तथा हङकङकी  जेसी याहू तेस्रो भइन्। विजयमा धावकहरूलाई नगद र ट्रफी प्रदान गरिएको थियाे।

यसै गरी विभिन्न उमेर समूह महिला समूहहरूका पहिला दोस्रो तेस्रोहरूलाई ट्रफ्री प्रदान गरिएको थियो। निर्धारित समयमा दौड पूरा गर्ने धावकहरूलाई फिनिसार मेडल प्रदान गरियो।

सम्पूर्ण प्रतियोगी धावकहरूलाई ब्लु माउन्टेनको एचके डलर एक सयको सपिंड कुपन दौड टिसर्ट उपलब्ध गराइएकाे थियो। हङकङ र विदेशी धावकहरूले खेल आयोजकहरूको व्यवस्थापन पक्ष राम्राे भएकाेमा खुसी व्यक्त गरेका थिए।

नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले हर्न बजाएर उद्घाटन गरेको प्रतियोगिताकाे सुरूमा महावाणिज्यदुत डा. लेखकले नेपाली समुदायबाटट हङकङमा अन्तर्राष्ट्रिय स्तरमा दौड प्रतियोगिता हुनु मासिक ट्रेल सरसफाइ गर्दै आएको संस्थाको कामप्रति सहराना गरे।

कार्यक्रममा किरात याकथुङ चुम्लुङ- कलाङ समूहको लिम्बू नृत्य र तामाड ध्याधुड सोलो नृत्य अरूणा शर्माको एकल नृत्य प्रस्तुति गरिएकाे थियो। प्रतियोगिता आयोजक संस्थाले दुई वर्षदेखि वातावरण  र खेललाई लक्षित गर्दै आएको छ। मासिक पदयात्रा, सरसफाइ  बालबालिकाहरूलाई निशुल्क दौड तालिम दिँदै आएको छ। विजयी धावकरूलाई अध्यक्ष संस्थाका सलाहकारहरू प्रयोजकहरूबाट ट्रफी नगद प्रदान गरिएको थियो।

खेल कार्यक्रम संस्थाका सचिव वसन्त आम्बुहाङ र  चिनिया भाषामा के लिमले सञ्चालन रहेको अध्यक्ष वेदराज लिम्बूले सहभागी धावक, सहयोगी व्यक्ति र संस्थाहरूलाई धन्यवाद प्रकट गरेको थिए।

प्रकाशित: ११ चैत्र २०८२ ०९:२९ बुधबार