नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता निर्धारण गर्नेछ।
आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। सात अंकसहित चौथो स्थानमा रहेको चितवनले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। कर्णाली भने सातौँ स्थानमा छ।
त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज भिड्नेछन्। आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डुले आज जित निकालेमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ।
यसअघि विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै लिग चरण टुंग्याइसकेको छ।
आजका खेलसँगै प्लेअफमा पुग्ने चार टोलीको अन्तिम वरीयता तय हुनेछ।
प्रकाशित: २९ कार्तिक २०८३ ०८:२० आइतबार