खेल

एनपीएलमा आज दुई खेल : जितको लक्ष्यसहित यी चार टोली मैदानमा उत्रिँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।

आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।

त्यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्, जुन खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।

प्रकाशित: २० कार्तिक २०८३ ०८:१६ शुक्रबार