अष्ट्रेलियामा जारी टप एण्ड टी- २० सिरिज अन्तर्गतको जारी खेलमा नेपालले मेलबर्न रेनेगार्ड्सलाई १४० रनकाे लक्ष्य दिएको छ।
बुधबार पाल्मेर्स्टोनमा ऐरेनमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो। नेपालको लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए।
मल्लले २९ रन बनाउने क्रममा १ चौका र १ छक्का समेत प्रहार गरे। नेपालका ओपनर कुशल भुर्तेल १ रन तथा भिम सार्की १७ रन बनाउँदै आउट भए। १२ बलको सामना गरेका भिमले दुई चौका समेत प्रहार गरे। नियमित अाेपनर अशिफ शेखको स्थानमा आज भिमले ओपनिङमा मौका पाएका हुन्।
त्यस्तै, आरिफ शेख १२ रन बनाएर आउट भए। ७ बल फेस गरेका उनले दुई चौका प्रहार गरे। रोहित पौडेललाई बाहिर राख्दै आजको खेलमा दिपेन्द्र सिंह ऐरिलाई कप्तानको जिम्मेवारी दिएको छ। दिपेन्द्र सिंह २७, गुल्शन झ २, लाेकेश बम २४ रन बनाए।
मेलबर्न रेनेगार्ड्सकाे लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिएका छन्।
यसअघि नेपालले खेलेको चार वटा खेलमा तिन वटामा हार र एउटामा जित हासिल गरेको छ। नेपाल आज दोश्रो जितेकाे खोजीमा छ।
प्रकाशित: ४ भाद्र २०८२ १३:०५ बुधबार