अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हेरिकेन्ससामु १८१ रनको लक्ष्य दिएको छ ।
डर्विनको काजालिस ऐरेनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान गरे । आसिफ शेख २९, कुशल भुर्तेल २७ र भिम सार्की १८ रनमा आउट हुँदा लोकेश बमले नटआउट २५ रनको पारी खेले ।
कप्तान रोहित पौडेल र कुशल मल्लले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । होवर्टले ३१ रन अतिरिक्त दिएको थियो ।
होबर्टका लागि निभेथन राधाकृष्णन र राफ म्याकमिलनले समान २ विकेट लिए ।
नेपाल यसअघि खेलेको तीनै वटा खेलमा पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।
प्रकाशित: ३ भाद्र २०८२ १२:५७ मंगलबार