खेल

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

फाइल तस्‍बिर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ।

प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाका अनुसार बिहीबार साँझ ८ बजे खुलेको टिकट बुकिङ साढे ८ बजे नै बन्द भएको हो।

एनपीएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ।

त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App