खेल

आज टी–२० विश्वकपमा नेपाल–इटालीसहित तीन खेल हुँदै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन महत्वपूर्ण खेलहरू हुँदैछन्। नेपाल र इटाली,  श्रीलंका र ओमान तथा  भारत र नामिबिया आज मैदानमा उत्रँदै छन्।

सबैभन्दा पहिलो श्रीलंका र ओमानबीचको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। उक्त खेल श्रीलंकाको पल्लेक्ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान, क्यान्डीमा खेलिनेछ।  

दोस्रो खेलमा नेपाल र इटलीबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वानखेड़े स्टेडियममा हुनेछ। विश्वकपमा नेपालका लागि यो महत्वपूर्ण खेल मानिएको छ। नेपाली टोली जित हात पार्दै समूह चरणमा बलियो स्थिति बनाउन चाहन्छ भने इटली पनि उत्कृष्ट प्रदर्शन गर्दै अचम्मको नतिजा निकाल्ने तयारीमा छ।

त्यस्तै, साँझ ७ बजेर १५ मिनेटमा भारत र नामिबियाबीच खेल हुनेछ। यो खेल नयाँ दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा हुनेछ।  

प्रकाशित: २९ माघ २०८२ ०९:३२ बिहीबार