ओमानमा जारी आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल्ने सबै टोलोको टुंगो लागेको छ।
शुक्रबार राति भएको समूह चरण अन्तर्गतको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै जारी छनोटमा सुपर सिक्स खेल्ने सबै टोलीको टुंगो लागेको हो।
समूह ए को विजेताको रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) र सोही समूहबाट कतार सुपर सिक्समा प्रवेश गरेका छ। नेपाल समूह बी को विजेता बन्दै र सोही समूहबाट जापानले पनि सुपर सिक्समा आफनो स्थान बनाएको छ। समूह सीको विजेताको रूपमा ओमानले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्यो त्यही समूहबाट सामोआले सुपर सिक्सको यात्रा तय गर्यो।
नेपालले अब सुपर सिक्समा आइतबार यूएईको सामना गर्नेछ। सो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेबाट सुरु हुनेछ।
त्यस्तै, नेपालले सोमबार (असोज २७) गते कतारसँग सुपर सिक्समा खेल्नेछ। नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार राति ८: ४५ मा सुरु हुनेछ।
नेपाले सुपर सिक्समा आफनो तेस्रो खेल बुधबार (असोज २९) सामोआसँग खेल्छ। त्यस्तै, नेपालले अन्तिममा ओमानमो सामना गर्ने छ। त्यो खेल शुक्रबार (असोज ३१) गते नेपाली समय अनुसार दिउँसो ४: १५ मा खेल्नेछ।
नेपाल तेस्राे विश्वकप खेल्ने लक्ष्यमा छ।
प्रकाशित: २५ आश्विन २०८२ १२:०८ शनिबार