खेल

यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।

प्लेअफमा पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्। फाइनल खेल शनिबार साँझ ५ बजे हुनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल मंगलबार (भोलि) साँझ ५ बजे हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ।

एलिमिनेटर खेल बुधबार साँझ ५ बजे हुनेछ। यसमा दुई टोलीबिच प्रतिस्पर्धा हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार साँझ ५ बजे हुनेछ। यसमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता भिड्नेछन्।

फाइनलमा पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता भिड्नेछन्।

प्रकाशित: ३० कार्तिक २०८३ ०७:११ सोमबार