खेल

'विश्वकप अझै पनि पुरानो ब्राजिलको पर्खाइमा छ'

शनिबार ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्यो। पहिलो हाफमै तीन गोलले अग्रता लिएको टोलीले दोस्रो हाफमा गोल थप्न सकेन।

हाइटीलाई हराउँदा प्रशंसकहरूको भिडमा  २००२ मा विश्व च्याम्पियन बनेको टोलीका सदस्य रोनाल्डिन्हो पनि थिए।

हाफ टाइम अगाडि म्याथ्यूस कुन्हाले गरेका दुई गोल र भिनिसियस जुनियरले गरेको अर्को सुन्दर गोलले ब्राजिललाई यस प्रतियोगितामा अगाडि बढ्न बाटो खुल्यो।

पहिलो जित, पहिलो क्लिन सिटसहित पहेँलो जर्सीमा सजिएका समर्थकहरू स्ट्यान्डमा नाचेर उत्सव मनाइरहेका थिए।

ब्राजिलले फिफाको विश्व वरियतामा ८० स्थानभन्दा तल रहेको हाइटी टोलीसँग खेलेको थियो। हाफ टाइममा ३–०ले अग्रता लिएको टोलीले दोस्रो  हाफमा टार्गेटमा कुनै पनि प्रयास गर्न सकेनन्।

प्रतिद्वन्द्वी अर्जेन्टिना र फ्रान्सले संयुक्त राज्य अमेरिकामा प्रभाव पारिरहेका छन्। ब्राजिल भने शीर्ष फर्ममा पुग्न संघर्ष गरिरहेको छ। 

समूह सी को आफ्नो पहिलो खेलमा न्यु जर्सीमा मोरक्कोसँग १–१ को निराशाजनक बराबरी खेलेको थियो। ब्राजिलले दुई खेलबाट चार अंक बनाएको छ र अन्तिम ३२ चरणमा पुग्ने अपेक्षा गरिएको छ।

ब्राजिलका हजारौं समर्थकहरू शहरमा ओइरिएपछि फिलाडेल्फिया पहेंलो रंगले रङ्गिएको थियो। कट्टर समर्थकहरुले वास्तविक ब्राजिलको प्रतिक्षामा रहेको बताएका छन्। उनीहरुले ब्राजिलले जितेपनि यसअघिको खेल र अहिलेको दोस्रो हाफको खेलबाट खुसि नभएको बताए।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक कार्लो एन्सेलोटीले आक्रामक स्वरमा भने, ‘यो मोरक्कोमा सुधार थियो, तर खेलको बारेमा तपाईंलाई के मन परेन?’

‘हामी पहिलो हाफमा धेरै राम्रो थियौं। दोस्रो हाफमा उनीहरूसँग थोरै नियन्त्रण थियो, तर हामीले धेरै गोल गर्ने अवसरहरू पायौं। समग्रमा यो एक राम्रो खेल थियो,’ मे २०२५ मा ब्राजिलको छैटौं विश्व उपाधिको लामो प्रतीक्षा समाप्त गर्न नियुक्त भएका इटालियन प्रशिक्षकले भने।

त्यसपछि म्यानचेस्टर युनाइटेडका कुन्हाको बारेमा हाइटीविरुद्ध दुई गोल गरिसकेपछि के उनी अर्को बुधबार मियामीमा स्कटल्याण्ड विरुद्धको खेलमा सेन्टर’फरवार्ड भूमिकामा रहनेछन् भन्ने प्रश्नमा उनले ‘हामी हेर्नेछौं’ भने।

उनले थप भने,‘मलाई लाग्छ कि म्याथियसको पोजिसन डिफेन्सको लागि समस्या सिर्जना गर्न राम्रो पोजिसन थियो। र उनले आफ्ना पासहरू धेरै राम्रोसँग फिल्टर गरे। उनको पोजिसन अगाडि प्रभावकारी हुनको लागि राम्रो पोजिसन थियो। यो एउटा विकल्प हुन सक्छ। सायद हामी अर्को खेलमा यसलाई परिवर्तन गर्नेछौं।’

यस्तै उनले यस खेलमा मोरक्कोविरुद्धमा भन्दा कम गल्तीहरू भएका र अगाडि बढ्दै जाँदा प्रभावकारिता रहेको र खेल राम्रो भएको बताए।

स्कटल्याण्डविरुद्धको अर्को खेलको बारेमा बोल्दै एन्सेलोटीले थपे ‘हामी स्कटल्याण्डे लाई नकआउट गर्ने बारेमा सोच्दैनौं। हामी राम्रो खेल्ने र सुधार गर्ने बारेमा सोच्दछौं, र हामी खेलको विश्लेषण गर्छौं।’

उनले थप भने,‘यदि हामी समूहको पहिलो स्थानमा पुग्न सक्यौं भने, त्यो भविष्यको लागि महत्त्वपूर्ण हुनेछ। त्यसैले हामी त्यो खेलको लागि राम्रो तयारी गर्न चाहन्छौं।’

के नेयमारले स्कटल्याण्ड विरुद्ध खेल्नेछन्?

एन्सेलोटीले चेल्सीका जोआओ पेड्रोलाई पछि पार्दै ३४ वर्षीय नेयमारलाई आफ्नो टोलीमा समावेश गर्दा आश्चर्यचकित बनाएका थिए।

नेयमार ७९ गोलका साथ ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् तर उनले अक्टोबर २०२३ देखि उनले देशका लागि खेलेका छैनन्।

बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका पूर्व फरवार्ड नेयमार पिछड़ाको समस्यासँग संघर्ष गरिरहेका छन्। एन्सेलोटीले नेयमार स्कटल्याण्डविरुद्ध खेल्न उपलब्ध हुने बताए। उनले भने, ‘उनी भोलि व्यक्तिगत रूपमा प्रशिक्षण गर्नेछन् र त्यसपछि सोमबार खेल्नेछन्’, एन्सेलोटीले भने।

के उनको पुनरागमनले ब्राजिललाई मद्दत गर्ला ?

युरोपेली फुटबल विज्ञ जेम्स हर्नकासलले नेयमारलाई मैदानमा उतार्न गाह्रो रहेको बताए। उसले खेल्ने तरिकाले मात्र ट्याकलहरूलाई आमन्त्रित गर्ने हर्नकासलको भनाइ छ। उनले भने, 'तर कार्लो यो काम गर्ने एक मात्र व्यक्ति हुनेछन् किनभने उनको एउटा महाशक्ति भनेको सुपरस्टारहरूको समूह सिर्जना गर्ने र सबैलाई एउटै पृष्ठमा ल्याउने क्षमता हो।’

यद्यपि, फ्रान्सेली फुटबल विज्ञ जुलियन लौरेन्सले नेयमार विश्वकपमा समावेश नगर्दा नै राम्रो हुने बताए। ‘मलाई लाग्दैन कि उनी हालसालै गरेको प्रदर्शन, मैदान भित्र र बाहिर उनको व्यवहार र मनोवृत्तिमा त्यहाँ उपस्थित हुन योग्य छन्,’ उनले थपे।

विश्वकप इतिहासमा ब्राजिलले तीन वा सोभन्दा बढी गोल गरेको यो ४१ औं पटक थियो। जुन अन्य कुनै पनि राष्ट्रले भन्दा पाँच बढी हो।

यसबाहेक ब्राजिलले अब प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने क्रममा जर्मनीलाई उछिनिसकेको छ। उनीहरुले २४१ गोल पुगेको छ भने ​​जर्मनहरूको २३९ गोल छ।

यस्तै, विश्वकप छनोटमा ब्राजिलका लागि पाँच गोल गरेका सर्वाधिक गोलकर्ता राफिन्हा हाइटीविरुद्ध ४० औं मिनेटमा चोटका कारण मैदान बाहिर निस्कन बाध्य भए। अव टोलीले उनको फिटनेसमा भ्यान दिनुपर्ने देखिएको छ।

यस्तै, १९ वर्षीय एन्ड्रिकले पहिलो पटक विश्वकपमा डेब्यु गरे। उनी विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्ने सातौं कान्छा खेलाडी बने।

प्रकाशित: ६ असार २०८३ १६:४६ शनिबार