खेल

दोस्रो संस्करणको इडब्लुभिएल आजदेखि, उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज भिड्दै

वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदै छ।

उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन्। उद्घाटन खेल पाेखराकाे बहुउद्देश्यीय कभर्डहलमा दिउँसाे २ बजेबाट हुनेछ।

त्यस्तै, आज हुने दोश्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड भिड्ने छन्। साे खेल अपरान्ह ४ बजे सुरु हुनेछ।

कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताकाे फाइनल खेल २८ गते हुनेछ।

प्रकाशित: २० भाद्र २०८२ ०८:११ शुक्रबार