खेल

नेपाल र कतारबीचको खेल सुरु

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर सिक्स चरणको नेपाल र कतारबीचको खेल सुरु भएको छ।

ओमानको अल अमेरोत क्रिकेट स्टेडियममा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख क्रिजमा छन्।

अजेय यात्रा कायम राख्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपाल आजको खेल जित्दै शीर्ष तीनमा आफ्नो स्थान थप सुदृढ गर्न चाहन्छ।

उता, पहिलो खेलमा पराजित कतारलाई प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

नेपालले आजको टोलीमा एक परिवर्तन गर्दै स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल अन्सारीलाई मौका दिएको छ।

प्रकाशित: २७ आश्विन २०८२ २०:४९ सोमबार