खेल

मैदानको कभर हटाइयो, सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना बलियो

<br>

सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेलअघि मैदानको कभर हटाउने काम सुरु भएको छ। घाम लागेसँगै खेल सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको हो।

साँझ ५ बजे सुरु हुने तालिका रहेको उक्त खेलका लागि अन्तिम ‘कट अफ’ समय भने ७:४१ बजेसम्म रहेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १५:५१ शनिबार