महानायक राजेश हमाल आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यसभिएसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदै छ। यसै दोस्रो सिजनका लागि काठमाडौंमा शनिबार एक कार्यक्रमबीच कर्णाली र महानायक हमालबीच सम्झौता भएको हो। कर्णाली यसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच सम्झैतापत्रमा हस्ताक्षर भएको थियो।
कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तित्वलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा पाउनु गौरव महसुस भएको बताए। महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरूलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुसी व्यक्त गरे।
प्रकाशित: ४ श्रावण २०८२ ०६:३४ आइतबार