खेल

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले फागुनको पहिलो हप्ता राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो । २०७९ सालमा पोखरामा भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारण देखाउँदै हुन सकेको छैन ।

कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले सबै तयारी पूरा भएको दावी गरे पनि संघीय सरकारले पटक पटक खेलकुद प्रतियोगिताको मिति सार्दै आएको थियो । 

संघीय सरकारले नै १० राष्ट्रिय खेलकुद नचाहेको भन्दै कर्णाली प्रदेश सरकारले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखेको थियो । 

प्रकाशित: १९ कार्तिक २०८२ १७:३७ बुधबार