अमेरिकन टेनिस स्टार टेलर फ्रिट्जले सन् २०२६ को पहिलो उपाधि जितेका छन्। फ्रिट्जले सोमबार राति भएको मुबाडाला डिसी ओपनको फाइनलमा स्पेनका राफेल जोदारलाई ७–६ , ६–४ ले पराजित गर्दै उपाधि हात पारे।
८औँ वरीयताका फ्रिट्जले पहिलो सेटमा कडा प्रतिस्पर्धापछि टाइब्रेकमा ७–२ को जित निकाले। दोस्रो सेटमा भने उनले ६–४ को सहज जित निकाल्दै खेल आफ्नो पक्षमा पारे।
विश्व वरीयतामा ८औँ स्थानमा रहेका फ्रिट्जका लागि यो सन् २०२६ को पहिलो उपाधि हो। प्रतियोगिताको यात्रामा उनले ब्रान्डन नाकाशिमा, एलेक्स माइकेल्सन, कामिल माजच्राक र जिजु बर्ग्सलाई पराजित गरेका थिए।
उता १५ औँ वरीयताका जोदारले फाइनलअघि अलेजान्द्रो टाबिलो, चौथो वरीयताका लोरेन्जो मुसेट्टी, केइ निशिकोरी र आठौँ वरीयताका आर्थर फिल्सलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए।
तर फाइनलमा फ्रिट्जको अनुभव र आक्रामक खेलसामु जोदारको चुनौती टिक्न सकेन। फ्रिट्जले दुई सेटमै खेल आफ्नो पक्षमा पार्दै उपाधि उचाले।
प्रकाशित: १९ श्रावण २०८३ ०६:५३ मंगलबार