खेल

टेबलटेनिसकी सिक्काले कुनै पनि विभागीय टोलीबाट नखेल्ने

टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले कुनै पनि विभागीय टोलीबाट नखेल्ने घोषणा गरेकी छन्।

मंगलबार बिहान सिक्काले सामाजिक सञ्जाल फेसबुकमा विभागीय टोलीबाट नखेल्ने घोषणा गरेकी हुन्। उनले भनिन्, ‘म आर्मी, पुलिस, र एपीएफबाट कुनै पनि प्रतियोगिता कहिल्यै नखेल्ने र यस विभागबाट कुनै पनि प्रतिनिधित्व गर्ने छैन्।’

यसअघि उनले आर्मी र एपीएफबाट प्रतिनिधित्व गरिसकेकी छन्। साथै, उनले सबै खेलाडीलाई यी विभागीय टोलीबाट रकम प्राप्त गरेको छैन भने, उनीहरूको प्रतिनिधित्व किन गर्ने भनेर कुरा पनि व्यक्त गरेकी छन्। उनले खेलाडीलाई आफ्नो जिल्ला, नगरपालिका र आफ्नो प्रदेशको प्रतिनिधित्व गर्न पनि अनुरोध गरेकी छन्।

सोमबार मात्र एकैदिनमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएका २० जना जेन-जी पुस्ताको मृत्यु भएको छ। उनले जेन-जी लाई साथ दिँदै उक्त घोषणा गरेकी हुन्।

प्रकाशित: २४ भाद्र २०८२ १३:३४ मंगलबार