खेल

टि २० विश्वकपः वेस्ट इन्डिजविरुद्ध नेपालको खराब सुरुआत

जारी टी २० विश्वपकपको समूह ‘सी’ अन्तर्गतको जारी खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध खराब सुरुआत गरेको छ।

आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर खेलिरहेको छ। नेपालका ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै आउट भए।

त्यस्तैगरी नेपालका कप्तान रोहितकुमार पौडेलले ५ रन र नेपालका अर्का ओपनर आसिफ शेखले ११ रन बनाएर पेभिलियन फर्किएका थिए।

क्रीजमा अहिले दीपेन्द्र सिंह ऐरी र लोकेश बम छन्। नेपालले अहिले ४ विकेट गुमाएर २५ रन बनाउँदै खेलिरहेको छ।    

प्रकाशित: ३ फाल्गुन २०८२ ११:५७ आइतबार